सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर महर्जनले ज्यान गुमाएका हुन् । कीर्तिपुर नगरपालिका–४ बस्ने महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ । शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ । तीनकुनेबाट कोटेश्वर चोक पुग्ने उकालोमा उनलाई गोली लागेको प्रहरी अधिकृतहरू बताउँछन् ।
२९ वर्षका महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।
चैत १५ मा प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोहलीको रेकर्ड अझै ‘विराट’
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
-
पाकिस्तानले किन डाक्यो राष्ट्रिय सभाको विशेष सत्र ?
-
अस्ट्रेलियामा चुनावको शैली