सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
काठमाडौँ । तीनकुनेमा मृत्यु भएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर महर्जनले ज्यान गुमाएका हुन् । कीर्तिपुर नगरपालिका–४ बस्ने महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ । शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ । तीनकुनेबाट कोटेश्वर चोक पुग्ने उकालोमा उनलाई गोली लागेको प्रहरी अधिकृतहरू बताउँछन् ।
२९ वर्षका महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।
चैत १५ मा प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण