चैत तेश्रो साता कफी फेस्टिभल एण्ड च्याम्पियनसिपको आयोजना
काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा ललितपुरमा चैतको तेश्रो साता नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ ।
महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन वोर्ड, युरोपियन युनियन तथा कफी क्षेत्रका उद्योगहरुको सहकार्यमा यो फेस्टिभल आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
महासंघको महासचिब सन्तोष पोखरेलले कफी उद्योगको मूल्य शृङखला, अवसरहरुको खोजी, ज्ञान बाँड्न र कफी क्षेत्रका विकास प्रर्वद्धन गर्ने उद्देश्यले यो फेस्टिभलको आयोजना गर्ने लागिएको बताए । फेस्टिभल आगामी चैत २१ गतेदेखि २३ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ ।
प्रदर्शनीमा कफीसम्बन्धी विभिन्न उपकरण, विभिन्न प्रकारका कफी, कफीका परिकार, कृषि तथा क्याफे स्थापनाका लागि आवश्यक मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु राखिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण