५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’
मङ्गलबार, १९ चैत २०८१, २० : ५०
काठमाडौँ । दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ युट्युबमा ५ करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको ३ महिनामा नै गीतले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।
सफलताबारे जानकारी दिँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ तपाईँहरूको माया, साथ, र समर्थनले हाम्रो दुस्मन हेरेको हेरै गीत तिन महिनामै ५ करोड क्लबमा प्रवेश गरेको छ तपाईँहरूको साथ सपोर्टको नतिजा हो यो, नेपाली गीतसंगीतलाई यो स्थानसम्म पुर्याइदिने दर्शक श्रोतालाई मुरी मुरी धन्यवाद, आगामी दिनमा अझ राम्रा गीतहरू ल्याउनेछु । तपाईँहरूको माया र साथ सधैँ रहोस् ।’
गीतमा थापासहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । त्यस्तै, म्युजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण