अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
बुधबार, २० चैत २०८१, ०९ : ५४

वासिङ्टन डिसी । अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूलाई कामबाट निकाल्न सुरु भएको छ ।
कर्मचारीहरूलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि यसबारे खुलासा भएको हो । यसरी जागिर गुमाउनेमा कयौँ शीर्ष अधिकारीहरू पनि छन् । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीहरूलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए)का ३ हजार ५०० कर्मचारीहरूलाई हटाउने योजना रहेको बताएको थियो ।
साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट पनि २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ ।
यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट १ हजार २०० कर्मचारीहरूलाई हटाउनुपर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन