अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
बुधबार, २० चैत २०८१, ०९ : ५४
वासिङ्टन डिसी । अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूलाई कामबाट निकाल्न सुरु भएको छ ।
कर्मचारीहरूलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि यसबारे खुलासा भएको हो । यसरी जागिर गुमाउनेमा कयौँ शीर्ष अधिकारीहरू पनि छन् । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीहरूलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए)का ३ हजार ५०० कर्मचारीहरूलाई हटाउने योजना रहेको बताएको थियो ।
साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट पनि २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ ।
यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट १ हजार २०० कर्मचारीहरूलाई हटाउनुपर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण