तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले अधिवेशनको मिति तोकेर केन्द्रमा पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ । दलका अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला समितिलाई आज परिपत्र गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरि केन्द्रमा पठाउन निर्देशन दिएका हुन् ।
नेपाल तरुण दलको पाँचौ महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिले खिएको निर्देशन अनुसार अध्यक्ष गुरुङले जिल्ला अध्यक्ष एवं कार्यसमितिलाई पाँचबुँदे परिपत्र गर्दै वडा र पालिका अधिवेशन गरि जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदन गर्न केन्द्रमा पठाउन समेत निर्देशन दिएका छन् ।
त्यस्तै अध्यक्ष गुरुङले केन्द्रबाट स्वीकृत गर्न तोकिएको शुल्क सहित जिल्लाको पुर्णकालिन फारम केन्द्रमा बुझाउन पनि परिपत्रमार्फत निर्देशन दिएका छन् । अधिवेशनका लागि पार्टीको जिल्ला कार्यसमितिसँग समन्वय गर्न पनि दलले परिपत्रमार्फत निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण