स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद
काठमाडौँ । महाधिवेशनको तयारीमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको अधिवेशनको म्याद थप गरेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गरेको हो ।
यसअघि, चैत १७ गतेभित्र सबै स्थानीय तहको अधिवेशन सम्पन्न गर्न लोसपाले सर्कुलर जारी गरेको थियो । तर, तोकिएको समयमा अधिवेशन सम्पन्न नभएपछि त्यसको म्याद थप गरिएको छ ।
स्थानीय तहको अधिवेशन गराउन म्याद थप गरिएको यो दोस्रोपटक हो । यसअघि सबैभन्दा पहिले चैत ७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको थियो । सो समयभित्र अधिवेशन सम्पन्न नभएपछि चैत १७ गतेभित्र सम्पन्न गर्न भनिएको थियो । यो समयसीमामा पनि अधिवेशन सम्पन्न नहुने भएपछि चैत मसान्तको समय थपिएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।
स्थानीय, जिल्ला तथा प्रदेशको अधिवेशन सम्पन्न गर्न ढिलाइ हुने देखिएकाले वैशाख २६ गते हुने पार्टीको महाधिवेशन पनि सर्ने सम्भावना बढेर गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण