स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्ति विवादमा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले डा. मिश्राको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।
यद्यपि, मिश्राको रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गर्न आदेश दिएको छ । मन्त्रिपरिषद् बैठकको सचिव बढुवा गर्ने निर्णयमाथि प्रश्न उठाएकी छन् । उनले अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको बताइरहेकी छन् ।
फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध मिश्राले चैत १ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण