ट्रम्पले एसियाली देशहरूमाथि लगाएको अतिरिक्त भन्सार महसुलको के होला असर ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियाली देशहरूमाथि भारी मात्रामा अतिरिक्त भन्सार महसुल लगाएका छन् । ट्रम्पले चीनबाट आउने सामानमा ३४ प्रतिशत महसुल लगाएका छन् । त्यस्तै भियतनामबाट आउने सामानमा ४६ प्रतिशत र कम्बोडियाबाट आउने सामानमा ४९ प्रतिशत भन्सार लगाएका छन् ।
भारतबाट आउने सामानमा भने केही कम २६ प्रतिशत मात्रै अतिरिक्त भन्सार महसुल लगाएको छ । पहिला देखि नै आर्थिक वृद्धिदर सुस्ताइरहेको अवस्थामा अमेरिकी अतिरिक्त भन्सार महसुलले माग घटेर यी देशका आर्थिक वृद्धिदर थप सुस्ताउने विश्लेषण आइरहेको छ । ट्रम्पले भारतबाट आउने औषधीलाई भने अतिरिक्त भन्सार महसुलमा समेटेका छैनन् ।
ट्रम्पको अतिरिक्त भन्सार महसुलको असरले बिहीबार एसियाली शेयर बजार त्रस्त भएका छन् । यो समाचार तयार पार्दासम्म जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव शून्य १ प्रतिशतले घटेको छ । चीनमा साङहाई कम्पोजिट इन्डेक्स शून्य दशमलव ५१ प्रतिशतले घट्दा हङकङमा हाङसेङ पनि १ दशमलव ६१ प्रतिशतले घटेको थियो ।
दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, लगायत यस क्षेत्रका अधिकांश शेयर बजार रातोमा आएका छन् । अतिरिक्त भन्सार महसुलको प्रभावले भारतमा बीएसई सेन्सेक्स १ दशमलव शून्य ५ प्रतिशतले घट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण