कैदीको पेटबाट निकालियो मोबाइल, एक वर्षअघि निलेका थिए
काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित ‘गुरु तेज बहादुर’ (जीटीबी) अस्पतालका चिकित्सकले एक जना कैदीको पेटमा रहेको मोबाइल निकालेका छन् । शल्यक्रियामार्फत ती कैदीको पेटबाट चिकित्सकले मोबाइल निकालेका हुन् ।
‘एसियन जर्नल अफ केस रिपोर्टस् इन सर्जरी’मा प्रकाशित रिपोर्ट अनुसार पेट दुख्ने समस्या भएका एक कैदीको स्वास्थ्य परीक्षणका क्रममा उनको पेटमा मोबाइल रहेको तथ्य प्रकाशमा आएको थियो । उक्त मोबाइल ती कैदीले करिब एक वर्षअघि निलेका थिए । पेट दुखेर बिरामी भएका कैदीलाई जीटीबी अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।
अस्पतालका चिकित्सक डा. हिमांशु अग्रवाल, डा. निलान्जना, डा. नीतू र डा. हिमांशु तंवरको टिमले २३ वर्षीय ती कैदीको शल्यक्रिया गरी पेटमा रहेको मोबाइल निकालेका हुन् । पेटमा उक्त मोबाइल दुई टुक्रा भएको अवस्थामा निकालिएको चिकित्सकको भनाइ छ ।
पेटबाट निकालिएको मोबाइल ५.७ सेन्टीमिटर लामो र २.५ सेन्टीमिटर चौडाइ रहेको जनाइएको छ । मोबाइलका कारण ती कैदीको पेटमा कुनै प्रकारको सङ्क्रमण नभएको चिकित्सकको भनाइ छ ।
ती कैदीले एक वर्ष अघि जानाजान मोबाइल निलेको चिकित्सकलाई बताएका छन् । पेटमा पुगिसकेपछि उक्त मोबाइल दुई टुक्रामा विभाजित भएको बताइएको छ ।
शल्यक्रियापछि ती कैदीको स्वास्थ्यमा सुधार आएको पनि उक्त रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण