कर्मचारीको बलमा नगर प्रहरीको अवरोध पन्छाउँदै कार्यकक्षमा पुगे सरोज गुरागाईँ
बिहीबार, २१ चैत २०८१, १२ : ००
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् ।
गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्याएका छन् । यद्यपि उनको कार्यकक्षमा ताला लगाइएको छ ।
गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि काँग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।
मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण