यस्तो छ फिल्म ‘एक्लो’ मा बेनिषाको ‘क्वीन मारा’ लुक्स
काठमाडौँ । ‘एक्लो’ आगामी दिपावलीमा प्रदर्शनमा आउने फिल्म हो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मको अभिनेत्री बेनिशा हमालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै उनको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो । पोस्टरमा हमालको क्यारेक्टरको नाम क्वीन मारा राखिएको छ । उनको लुक्सले फिलम फरक रहेको अनुमान गर्न सकिन्छ ।
फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बताउँछन् ।
फिल्मका मुख्य अभिनेता प्रदीप खड्का हुन् । प्रदीपको केही अगाडि क्यारेक्टर लुक्स बाहिर आएको थियो । फिल्ममा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योनसविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण