महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागेजिन ‘बिजनेस कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै उक्त म्यागेजिनले सम्मान गरेको जनाइएको छ ।
बिजनेस कनेक्ट म्यागेजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरू तथा प्रभावशाली व्यावसायिक व्यक्ति तथा संस्थाहरूको कभर स्टोरीहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आइरहेको छ । यस सम्मानको प्राप्ति सँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरूलाई समेत बैंकिङ प्रणाली भित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ