समाचार
दुर्गा प्रसाईं चढेको स्कोर्पियो इटहरीमा फेला
बिहीबार, २१ चैत २०८१, २१ : १५
काठमाडौँ । तीनकुनको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको गाडी इटहरीमा भेटिएको छ । इटहरीमा भेटिएको बिएबी–४२०८ नम्बरको स्कोर्पियो कठमाडौँ ल्याइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण