जुम्लामा आगलागी हुँदा घर जलेर नष्ट
बिहीबार, २१ चैत २०८१, २३ : ००

जुम्ला । चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो ।
आगलागी नियन्त्रणमा प्रहरी,सशस्त्र प्रहरी,नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका थिए । उक्त घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू