सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै त्यो कार्यक्रममा संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको बताए ।
‘चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान उल्ट्याउने र व्यवस्थालाई हटाउने विषय कहीँ लुकेको छैन ।’ उनले संविधानको व्यवस्था मूल्य मान्यताभित्र गरेर गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गरिरहेको र गर्ने बताए ।
तर, आन्दोलनका नाममा निजी सम्पत्ति, सवारी साधन, सरकारी कार्यालयमा आक्रमण गरी विध्वंसात्मक कार्य गर्ने कुनै राजनीतिक दर्शनभित्र नपर्ने भन्दै उनले त्यस्तो कार्य चैत १५ गते तीनकुनेमा कार्यक्रम गर्नेहरूले गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा