सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै त्यो कार्यक्रममा संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको बताए ।
‘चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान उल्ट्याउने र व्यवस्थालाई हटाउने विषय कहीँ लुकेको छैन ।’ उनले संविधानको व्यवस्था मूल्य मान्यताभित्र गरेर गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गरिरहेको र गर्ने बताए ।
तर, आन्दोलनका नाममा निजी सम्पत्ति, सवारी साधन, सरकारी कार्यालयमा आक्रमण गरी विध्वंसात्मक कार्य गर्ने कुनै राजनीतिक दर्शनभित्र नपर्ने भन्दै उनले त्यस्तो कार्य चैत १५ गते तीनकुनेमा कार्यक्रम गर्नेहरूले गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण