चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्र ‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दीपक शर्माको सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर छ ।
गीतको भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेका छन् । भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्साइरहेको छ ।
आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागरको कथामा बनेको हो ।
यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरू बिचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको छ ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय छ ।
छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठको रहेको फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण