क्रिकेट
हङकङमा हुने टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा, को–को परे ?
शनिबार, २३ चैत २०८१, १२ : ३७

काठमाडौँ । हङकङमा हुने पुरुष टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । शृङ्खला ९ अप्रिलदेखि १३ अप्रिलसम्म खेलिनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन् ।
त्यस्तै, ललित राजवंशी, सोमपाल कामी, करन केसी, सहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झाले टोलीमा स्थान बनाउन सफल भएका छन् ।
क्यानले हालै पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप