क्रिकेट
हङकङमा हुने टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा, को–को परे ?
शनिबार, २३ चैत २०८१, १२ : ३७
काठमाडौँ । हङकङमा हुने पुरुष टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । शृङ्खला ९ अप्रिलदेखि १३ अप्रिलसम्म खेलिनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन् ।
त्यस्तै, ललित राजवंशी, सोमपाल कामी, करन केसी, सहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झाले टोलीमा स्थान बनाउन सफल भएका छन् ।
क्यानले हालै पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण