शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
हेटौँडा । शिक्षकहरुको जारी आन्दोलनमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले शनिबार विज्ञप्ती जारी गर्दै शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
सभापति बानियाँले सरकारले शिक्षकहरुसँग विगतमा गरेका सहमती र शिक्षकहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
‘नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको पूर्ण ऐक्यवद्धता रहेको छ ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं । शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो । यसप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति प्रतिबद्ध रहेको र सरकारलाई शिक्षक महासंघले उठाएका जायज मागहरुलाई वार्तामार्फत तत्काल समाधान गर्न आग्रह गर्दछ ।’
नेपाल शिक्षक महासंघद्वारा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै केहीदिनदेखि काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलनलाई सरकारले वार्तका माध्यमबाट व्यवस्थापन गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ । शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध गर्नसक्ने ऐन जारी गर्न ढिलाई गर्न नहुने पनि विज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण