‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
काठमाडौँ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेको लडाइँ कानुनी मात्रै नभएर राजनीतिक लडाइ पनि भएको बताएका छन् । चितवनबाट सुरु भएको जनयात्रा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बुर्लाकोटीले भ्रष्ट र दलालतन्त्रको प्रशय गर्ने सरकारले अदालतको फैसलालाई टेकेर बदनियतका साथ रातारात पक्राउ गरेको बताए ।
‘सरकारलाई किन यति हतारो भयो ? देश र जनताको चिन्ता गर्ने सभापतिलाई रातारात किन पक्राउ गरियो भने यो सरकार कम्तीमा पनि दुई दिन भने पनि बढी दुख दिऊँ, तनाव दिऊँ । रास्वपालाई कही न केही खेदौँ भन्ने चाहन्छ ,’, उनले भने ।
उनले राजनीतिक लडाइँमा सबै मिलेर जित हासिल गरिने भन्दै हातमा हात मिलाएर एकताबद्ध भएर पार्टी अघि बढ्ने बताए ।
पार्टी हरुवाहरूलाई नियुक्ति गर्ने राष्ट्रिय सभा र प्रदेशसभा समेत खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिन सकिने उन्नत विकल्पको पक्षमा रहेको बताए ।
यसका लागि संविधान संशोधन हुनुपर्ने उनको भनाइ थियो । यस्तै स्थानीय पालिकाको सङ्ख्या समेत ५०० भन्दा मुनि हुनुपर्ने पार्टीको धारणा रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण