आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर अभियान’ चलाउँछौँः शाही
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् ।
राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । ‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्,’ उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’
शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झुटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने चेतावनी दिँदै झुटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर अभियान’ चलाउँछौं,’ उनले भने ।
उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ,’ उनले भने । आन्दोलनलाई दवाउने कोसिस कसैले गरे ‘जेल भर अभियान’ चलाउने उद्घोषसमेत शाहीले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण