शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्र बागमती प्रदेशको ऐक्यबद्धता
हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले आइतबार एक विज्ञप्ती जारी शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
वर्तमान सरकारको असंवेदनशीलताले आन्दोलनको बाध्यतात्मक परिस्थिति सिर्जना भएको महासंघको ठहर रहेको र त्यसमा माओवादी केन्द्रको समेत ऐक्यबद्धता रहेको जनाइएको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारीहरुको न्यायपूर्ण मागहरुलाई सम्बोधन नगरेको, गुणस्तरीय तथा सार्वसुलभ विद्यालय शिक्षाको प्रत्याभूति गर्नसक्ने स्पष्ट नीति र संरचना सहितको उपयुक्त शिक्षा ऐन जारी गर्न ढिलाइ गर्दा शिक्षकहरु आन्दोलनमा उत्रिएको अध्यक्ष सहयात्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माओवादी केन्द्र बागमतीले सरकारले तत्काल वार्ता टोली गठन गरी विगतका सहमतिहरूको सम्मान गर्दै शिक्षा ऐन जारी गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेको छ । शिक्षकहरुको आन्दोलनको उचित सम्बोधन नगरी बेवास्ता गर्ने वा आन्दोलनको चरित्रलाई विकृत पार्ने उद्देश्यबाट सिर्जना हुने जटिल परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– ‘माओवादी केन्द्र बागमती प्रदेश समिति शिक्षकहरुको आन्दोलनप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असौज ५ गते भएको ६ बुँदे सहमति र असौज १२ गते भएको ५ बुँदे सहमती शिक्षा ऐनमा संस्थागत गर्नुपर्ने छ ।’
सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक एवं कर्मचारीहरुको सेवा, सुरक्षा, समान सुविधा, वृत्ति विकास, समायोजन, स्थायित्व लगायतका विषयमा सरकार र शिक्षकहरु बिचको सहमति रहेको माओवादी केन्द्र बागमती प्रदेशको भनाई छ । माओवादी केन्द्र बागमती प्रदेशले उक्त सहमतिलाई कार्यान्वयन गर्न गठित प्राविधिक समितिहरूले यसअघिनै तयारी गरिसकेको र त्यसलाई शिक्षा ऐनमार्फत संस्थागत गर्नुपर्ने स्पष्ट आवश्यकतालाई ध्यानमा राख्नुपर्ने सरकारलाई आग्रह गरेको छ ।
विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलन सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण