चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।
आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको हो ।
भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी राप्रपाले चैत २२ मा प्रशासनलाई इमेल पठाएको थियो । सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको सुजन शुभ भ्लोनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले 'नवीन समझदारी'का लागि भन्दै भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको हो ।
सो प्रदर्शन समेत आमसभामा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने बताइएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् ।
यसअघि राजावादी समूहले चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । अहिले पनि सबै राजावादी समूह एकठाउँमा भएर कार्यक्रम गर्न लागेकाले प्रशासनले सुरक्षा संवेदनशीलतालाई देखाएर भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण