गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए ।
‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ,’उनले भने, ‘अहिले सबैका मोबाइलका घण्टी बजिरहेका छन् । साँझसम्म सबैको तलब आउँछ । बिस्तारै सबै अवरोध हटेर जान्छ ।’
गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए ।
गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन मेयर शाहले नगर प्रहरी खटाएका थिए । साथै गुरागाईं कार्यकक्ष प्रवेश गर्ने क्रममा महानगर प्रहरीले अवरोध सिर्जना गरेको थिए । गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईंलाई हाजिर गराएको थियो ।
तर अहिले गुरागाईंलाई कार्यालयमा जान कुनै रोकतोक नभएको काफ्लेको भनाई छ । यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।
यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण