राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
काठमाडौं । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजी अभियानको आन्दोलन अवधि छोट्याएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले आन्दोलनको अवधि छोट्याइएको जानकारी गराएको हो । राष्ट्रिय जनमोर्चाले आइतबार २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको थियो ।
तर पछिल्लो समय काठमाडौँ विश्वकै प्रदुषित सहर मध्ये पहिलो स्थानमा पुगेको तथ्याङ्कहरु सार्वजनिक भइरहेकोले दिनप्रति दिन थप प्रदुषण बढिरहेकोतर्फ ध्यान दिँदै संघीयता खारेजी अभियानको आन्दोलन अवधि छोट्याइएको अध्यक्ष केसीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
बढ्दो प्रदुषणकाबीच सप्ताहव्यापी आन्दोलनलाई सञ्चालन गर्दा कैयौँ स्वास्थ्यसँग सम्बन्धी जटिलताहरु उत्पन्न हुने खतरा देखिएको कुरालाई मध्यनजर गर्दै राष्ट्रिय जनमोर्चाले आन्दोलनको अवधि २ दिन घटाई ५ दिनमात्र कायम राख्ने निर्णय गरेको छ । आज बसेको बैठकले आन्दोलनको अवधि छोट्याएको हो । अब राजधानी केन्द्रित आन्दोलनको समापन चैत्र २८ गते हुने छ । यसअघि आन्दोलन ३० गतेसम्म गर्ने भनिएको थियो ।
संघीयता विरुद्धको संघर्ष प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने समेत राष्ट्रिय जनमोर्चाले पार्टीले जनाएको छ । यस्तै जनमार्चोले आन्दोलनरत शिक्षकहरुको मागमा ऐक्यबद्धता जनाएको छ ।
“राजनीतिक व्यवस्था अनुरुपको शिक्षा ऐन ल्याउन सरकारले गरेको बिलम्बका विरुद्ध गत सालदेखि नै शिक्षकहरुले आफ्नो पेशागत हक हित सहित आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गर्दछ । शिक्षकहरुका पेशागत मागलाई सम्बोधन गर्नुका साथै बदलिएको राजनीतिक व्यवस्था अनुरुपको शिक्षा ऐन ल्याउन सरकारलाई जोड दिन्छौँ । शिक्षा ऐन ल्याउदा निजी शिक्षा क्षेत्रलाई कानुनको दायराभन्दा बाहिर राख्ने कुनै पनि प्रकारको जालझेल वा आलटालले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनमा समेत बाधा पुग्ने छ । शिक्षकहरुको सरुवा बढुवा वा विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई हुनु हुँदैन । यसको अर्थ शिक्षा क्षेत्रको संचालन स्थानीय तहको क्षेत्राधिकारबाट खोसिनु पर्छ भन्ने होइन,”अध्यक्ष केसीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
यस्तै पत्रकार भैरव रिसालको निधनप्रति राष्ट्रिय जनमोर्चा पार्टीले दु:ख व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण