सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित
सोमबार, २५ चैत २०८१, १८ : ४३
सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन कार्यतालिका रहेपनि अध्यक्षमा उनको एकल उम्मेदवारी परेको छ ।
उनी नेपाली कांग्रेस निकट व्यवसायी हुन् । अध्यक्षमा दीपेन्द्र ढकाल लगायतका व्यवसायीहरु थिए । तर सँधै चर्चाको शिखरमा रहिरहने र भड्किलो हुने प्रचार हुने भएपछि यो पटक व्यवसायीहरुबिच निकै मेहनतका बाबजुद एकल उम्मेदवारी मात्रै परेको निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
‘उहाँको एकल उम्मेदवारी परेको छ, निर्वाचित भइसक्नुभयो,’ उनले भने, ‘घोषणा हुन बाँकी छ ।’
अन्य पदका लागि भने वैशाख ६ गते निर्वाचन हुँदै छ । यद्यपि सबै पदमा निर्विरोध गराउने गरी तयारी भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण