सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित
सोमबार, २५ चैत २०८१, १८ : ४३

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन कार्यतालिका रहेपनि अध्यक्षमा उनको एकल उम्मेदवारी परेको छ ।
उनी नेपाली कांग्रेस निकट व्यवसायी हुन् । अध्यक्षमा दीपेन्द्र ढकाल लगायतका व्यवसायीहरु थिए । तर सँधै चर्चाको शिखरमा रहिरहने र भड्किलो हुने प्रचार हुने भएपछि यो पटक व्यवसायीहरुबिच निकै मेहनतका बाबजुद एकल उम्मेदवारी मात्रै परेको निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
‘उहाँको एकल उम्मेदवारी परेको छ, निर्वाचित भइसक्नुभयो,’ उनले भने, ‘घोषणा हुन बाँकी छ ।’
अन्य पदका लागि भने वैशाख ६ गते निर्वाचन हुँदै छ । यद्यपि सबै पदमा निर्विरोध गराउने गरी तयारी भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू