बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको ११ सय ५० भन्दा बढी मत गणना सम्पन्न भएको छ ।
हालसम्मको मत परिणामअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र २७३ मतले अगाडि छन् । उनले ७०७ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले पाएको मत ४३४ रहेको छ ।
अध्यक्षका उम्मेदवारहरू राजु कैतीले ५, उज्वल घिमिरेले २ र आशीष पौडेलले ६ मत प्राप्त गरेका छन् । यसैगरी मिश्र प्यानलका महासचिव उम्मेदवार केदारप्रसाद कोइरालाले ७१२ मत प्राप्त गरेका छन् भने श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन् । महासचिव उम्मेदवार हरिशरण कार्कीले पाएको मत २७ छ ।
आज झापा, बारा, मोरङ, इलाम, विराटनगर, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिराह, सर्लाही र रौतहट गरी १२ वटा मतदान केन्द्रको मतगणना भएको छ ।
बाँकी मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण