लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
मङ्गलबार, २६ चैत २०८१, १२ : २९
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध ट्रामाडोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला घर भएका २७ वर्षीय सविन कुमार महतो छन् ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–००१–०६ ख ५६९२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा ट्रामाडोल फेला परेको हो । महतोले लुकाएर ल्याएको अवस्थामा १९ हजार २ सय ट्याब्लेट ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । आरोपीविरुद्ध प्रहरी वृत्त थानकोटले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण