एक घण्टा ढिलो गरी प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभामा सुरक्षा व्यवस्था कडा
जनकपुर । मधेस प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । बिहान साढे ११ बजेदेखि सम्बोधनको कार्यक्रम रहे पनि प्रधानमन्त्री ओली एक घण्टा ढिला गरी जनकपुर विमानस्थलमा ‘ल्यान्ड’ गरेका हुन् ।
हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली जनकपुर विमानस्थल आइपुगेको खेलकुद मन्त्री प्रमोद जैसवालले बताए । उनले भने, ‘अहिले भर्खरै प्रधानमन्त्रीज्यू जनकपुर विमानस्थलमा आइपुग्नु भएको छ, अब यहाँबाट सिधै प्रदेशसभामा जाने कार्यक्रम रहेको छ ।’
प्रधानमन्त्री ओली ढिलो गरी आएपछि प्रदेश सभाको बैठक सवा १२ बजेपछि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सातैवटा प्रदेशमा प्रधानमन्त्री ओलीको सम्बोधनका कार्यक्रम छ । त्यही सिलसिलामा आज जनकपुरबाट सम्बोधनको कार्यक्रम तय भएको हो ।
मधेस सभाबाट प्रधानमन्त्री ओलीको विशेष सम्बोधन रहेकोले प्रदेश सभाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभाको हलभित्र प्रवेश गर्ने सबै जनाको जाँचमा कडाइ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनका अनुसार भीभीआईपी सुरक्षामा कुनै कसर बाँकी नराख्नका लागि व्यापक संख्यामा प्रहरी खटाइएको छ । प्रदेश सभाभित्र प्रदेश सांसदबाहेक अरू कसैलाई प्रवेशको अनुमति नभएको जनाइएको छ ।
प्रदेश सभा हलभित्र जाने सबै प्रदेश सांसदहरूलाई पनि जाँच गरेर मात्र प्रवेश गर्न दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण