तीनकुने घटना
तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
मङ्गलबार, २६ चैत २०८१, १२ : ४९
काठमाडौँ । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ छन् ।
उनलाई सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरेर राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ शाही युवा शक्तिको दोस्रो वरीयतामा थिए । भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय श्रेष्ठ काठमाडौंको तारकेश्वरमा बस्छन् ।
तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ७४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण