तीनकुने घटना
तीनकुनेको घटनामा संलग्न रहेको आरोपमा दिलबहादुर श्रेष्ठ पक्राउ
मङ्गलबार, २६ चैत २०८१, १२ : ४९

काठमाडौँ । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ छन् ।
उनलाई सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरेर राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ शाही युवा शक्तिको दोस्रो वरीयतामा थिए । भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय श्रेष्ठ काठमाडौंको तारकेश्वरमा बस्छन् ।
तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ७४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की