बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
काठमाडौं । राप्रपाका नेता बुद्धिमान तामाङले पार्टीका नेताहरु धवलशमशेर राणा र रविन्द्र मिश्रहरु ढुंगा हान्ने, आगो लगाउने र तोडफोड गर्ने मानिस हुन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
मंगलबार पार्टीले बल्खुमा गरेको खवरदारी सभालाई सम्बोधन गर्दै उनले यदि राणा र मिश्रहरुलाई संविधान विरोधी भनेर मुद्दा लगाउने हो भने प्रचण्ड र केपी ओलीहरुलाई पनि लगाउनुपर्ने बताए । उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले समेत संविधान विपरित अभिव्यक्ति र गतिविधि गरिरहेको बताए ।
‘माननीय धवनलशमशेर के ढुंगा हान्ने, आगो लगाउने र पसल लुट्ने मान्छे हो रु’, प्रश्न गर्दै तामाङले भने, ‘गाउँलाई शहर बनाउने र देश कसरी विकास गर्न सकिन्छ भनेर प्रयास गर्ने मान्छे हो उहाँ । नेपालगञ्जमा उहाँले नै विकास गर्नुभएको छ ।’ तामाङले भने– तर उहाँहरुलाई आगो लगायो, तोडफोड गर्यो भनेर सरकारले झुठा आरोपसहित मुद्दा लगाएको बताए ।
त्यस्तै रविन्द्र मिश्र पनि त्यति लामो समय बीबीसीमा काम गरेर ख्याति कमाएको मानिसलाई सरकारले लगाएको आरोप सत्य हुनै नसक्ने उनको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण