रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
_oUi2mMpz30.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो ।
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरेर आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरूमाथि थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु