रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो ।
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ गरेर आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेकाहरूमाथि थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण