सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एक मजदुर पक्राउ
मङ्गलबार, २६ चैत २०८१, १८ : ५०
काठमाडौं । काठमाडौँको जडीबुटीमा रहेको सञ्चो कारखानामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकले गरेको प्रदर्शनपछि सञ्चो निर्माण गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको थियो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ घर भएर काठमाडौं बस्ने जितबहादुर श्रेष्ठ 'राजन' रहेका छन् । काठमाडौँ बसेर ज्यामी काम गर्ने श्रेष्ठलाई पेप्सीकोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
उक्त कम्पनीको कार्यालय र त्यहाँ पार्किङ गरेर राखिएको गाडीहरूमा श्रेष्ठले आगजनी गरेको आरोप छ । ३० वर्षका उनीमाथि प्रहरीले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण