आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

घरेलु मैदानमा लखनउसँग हार्‍यो कोलकाता

मङ्गलबार, २६ चैत २०८१, १९ : ४३
मङ्गलबार, २६ चैत २०८१

कोलकाता । इन्डियन प्रिमियर लिग ९आईपीएल० को २१ औँ खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ । २ सय ३९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन मात्र जोड्न सक्यो ।

कोलकाताका लागि कप्तान अजिंक्य रहानलेले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३५ बलमा ६१ रन जोडे । यसक्रममा उनले ८ चौका र २ छक्का हिर्काए ।

वेंकटेश ऐयरले २९ बलमा ४५ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरे । सुनिल नरेनले १३ बलमा ३० रन तथा खेलको अन्त्यतिर रिंकु सिंहले नटआउट रहँदै १५ बलमा ३८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

लखनउका लागि आकाश दीप र शर्दुल ठाकुरले २–२ विकेट हात पारे । अभेष खान, दिगवेश राठी र रवि विश्नोईले १–१ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । टोलीका लागि मिचेल मार्स र निकोलस पुरनले शानदार ब्याटिङ प्रदर्शन गरे । पुरनले मात्र ३६ बलमा नटआउट रहँदै ८७ रनको योगदान दिए । उनले ७ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, मिचेल मार्सले ४८ बलमा ८१ रन जोडे । उनले ६ चौका र ५ छक्का हिर्काए ।

ओपनर ऐडन मारक्रमले २८ बलमा ४७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । पहिलो विकेटका लागि उनी र मार्स मिलेर ९९ रन जोडेका थिए । मारक्रमले ४ चौका र २ छक्का प्रहार गरे । कोलकाताका लागि हर्षित रानाले २ तथा आन्द्रे रसलले १ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप