घरेलु मैदानमा लखनउसँग हार्यो कोलकाता
कोलकाता । इन्डियन प्रिमियर लिग ९आईपीएल० को २१ औँ खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ । २ सय ३९ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन मात्र जोड्न सक्यो ।
कोलकाताका लागि कप्तान अजिंक्य रहानलेले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३५ बलमा ६१ रन जोडे । यसक्रममा उनले ८ चौका र २ छक्का हिर्काए ।
वेंकटेश ऐयरले २९ बलमा ४५ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरे । सुनिल नरेनले १३ बलमा ३० रन तथा खेलको अन्त्यतिर रिंकु सिंहले नटआउट रहँदै १५ बलमा ३८ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
लखनउका लागि आकाश दीप र शर्दुल ठाकुरले २–२ विकेट हात पारे । अभेष खान, दिगवेश राठी र रवि विश्नोईले १–१ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । टोलीका लागि मिचेल मार्स र निकोलस पुरनले शानदार ब्याटिङ प्रदर्शन गरे । पुरनले मात्र ३६ बलमा नटआउट रहँदै ८७ रनको योगदान दिए । उनले ७ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, मिचेल मार्सले ४८ बलमा ८१ रन जोडे । उनले ६ चौका र ५ छक्का हिर्काए ।
ओपनर ऐडन मारक्रमले २८ बलमा ४७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । पहिलो विकेटका लागि उनी र मार्स मिलेर ९९ रन जोडेका थिए । मारक्रमले ४ चौका र २ छक्का प्रहार गरे । कोलकाताका लागि हर्षित रानाले २ तथा आन्द्रे रसलले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण