उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको छ । समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरोकारवालाहरूसँग छलफल गरेको हो ।
छलफलमा सहभागीहरूले उद्योग राज्यले नै सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । छलफलमा सहभागी नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले उदयपुर सिमेन्ट उद्योगलाई सार्वजनिक–निजी–साझेदार (पीपीपी) मोडलमा सञ्चालन गर्न नहुने तर्क राखे ।
छलफलमा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले उदयपुर सिमेन्ट चल्न नसक्नुको प्रमुख कारण राजनीतिक दल रहेको बताए ।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले राज्यले गतिलो कानुन नबनाउँदा देशमा उद्योगहरू सङ्कटमा परेको भन्दै राज्यले आवश्यक नीति तर्जुमा नगर्ने हो भने देशमा थप उद्योग खुल्न समेत कठिन हुने जिकिर गरे ।
उक्त कार्यक्रमका लागि उदयपुर पुगेको समितिले उदयपुरमा उदयपुर सिमेन्ट उद्योगको निजीकरणको बारेमा आएका सुझावसमेतलाई गम्भीरतापूर्वक रूपमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण