ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
काठमाडौं । आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार भएपछि मात्रै वार्तामा बस्ने भएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ ।
तर, शिक्षकहरूले ऐन जारी गर्ने विश्वासिलो आधार खोजेका हुन् । सरकारबाट ऐन जारी हुने विश्वासिलो आधार नभएको जनाउँदै नेपाल शिक्षक महासंघले त्यसका लागि आधार तय गरिनुपर्ने जनाएको हो ।
आज महासंघले समीक्षा बैठक राखेको थियो । बैठकमा सरकारले आह्वान गरेको वार्ताका विषयमा समेत छलफल भएको महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् ।
’सरकारसँग गत वर्ष वार्ता गरेर सम्झौता गरिएको थियो। तर, अहिलेसम्म ऐन जारी भएन। यसमा सरकारबाट ऐन जारी हुन्छ भन्ने ग्यारेन्टी हुदैन। त्यसैले वार्तामा बस्नको लागि ऐन जारी हुने विश्वासिलो आधार चाहियो नि,झ पराजुलीले रातोपाटीसँग भनिन् ।
विद्यालय शिक्षा विधेयकमा संसदको शिक्षा समिति अन्तगर्त उपसमितिमा छलफल भईरहेको छ । उपसमितिले आजसम्म २७ दफामा सहमति जुटाएको छ। तर, महासंघले उपसमितिमा कोरम नपुगेर बैठक स्थगित हुने अवस्था आईरहेको जानकारी पाएको पराजुलीले बताइन् ।
’हामी सडकमा छौ । उपसमितिले फटाफट विधेयक पास गर्नुपर्नेमा कोरम नै पुग्दैन भन्ने आएको छ । विधेयक बनाउने माननीयहरू नै गम्भीर देखिएका छैनन् । अनि विश्वासिलो आधार कसरी हुन्छ,झ पराजुलीले भनिन् ।
आजको समीक्षा बैठकमा वार्ताको विषयमा छलफल भएको तर, भोलि बिहान बस्ने महासंघको अध्यक्ष मण्डलको बैठकपछि थप छलफल हुने सहअध्यक्ष पराजुलीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण