एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आजको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हुन् । साहले तत्काल अख्तियारले यो विषयमा छानबिन गरी कारबाही गरेर आफ्नो संस्थाको साख जोगाउनुपर्ने सुझाव दिएका छन् ।
यसअघि गत पुस १४ गते प्रधानमन्त्री ओली पर्सामा गएको कार्यक्रमको लागिपनि इन्धन बाँडिएको समाचार आएको थियो । प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जाँदा गाउँगाउँमा तेलको कुपन बाँडिएको समाचार आएको थियो । राज्यको स्रोत र साधन दुरुपयोग गरेर पार्टीको कार्यक्रममा भीड देखाउन यस्तो कार्य गरिनु गलत भएको साहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण