अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले

अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले दिएको जानकारी अनुसार आगो नियन्त्रणमा लिन मंगलसेन नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र अन्य सुरक्षाकर्मीहरूको टोली खटिएको छ।
साँघुरा गल्ली र भीडभाड भएको मुख्य बजार क्षेत्रमा आगो फैलिन थालेपछि नियन्त्रण गर्न थप कठिन भएको बताइएको छ।
हालसम्म सातवटा पसल पूर्णरूपमा जलेर नष्ट भइसकेको छ भने आगो अझै नियन्त्रणमा आउन नसक्दा थप क्षतिको आशंका गरिएको छ। स्थानीयबासी, सुरक्षाकर्मी र दमकल टोली मिलेर आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।
अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
-
हेटौँडाका वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति