अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले
अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीले दिएको जानकारी अनुसार आगो नियन्त्रणमा लिन मंगलसेन नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र अन्य सुरक्षाकर्मीहरूको टोली खटिएको छ।
साँघुरा गल्ली र भीडभाड भएको मुख्य बजार क्षेत्रमा आगो फैलिन थालेपछि नियन्त्रण गर्न थप कठिन भएको बताइएको छ।
हालसम्म सातवटा पसल पूर्णरूपमा जलेर नष्ट भइसकेको छ भने आगो अझै नियन्त्रणमा आउन नसक्दा थप क्षतिको आशंका गरिएको छ। स्थानीयबासी, सुरक्षाकर्मी र दमकल टोली मिलेर आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।
अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण