भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
बुधबार, २७ चैत २०८१, ०८ : ४६
वासिङ्टन डीसी । अमेरिकाको भर्जिनिया राज्यकोको स्पट्सिल्भेनिया काउन्टीमा मंगलबार साँझ भएको सामूहिक गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । यस घटनामा अरू तीन जना घाइते भएका छन् ।
घटना साँझ ५ः३० बजेतिर स्पट्सिल्भेनिया शेरिफको कार्यालयकी प्रवक्ता मेजर एलिजाबेथ स्कटका अनुसार वासिङ्टन, डीसीबाट लगभग १०५ किलोमिटर दक्षिणपश्चिममा रहेको स्पट्सिल्भेनिया काउन्टीको एक आवासीय परिसरमा भएको थियो । यस घटनाबारे छानबिन भइरहेको छ ।
अधिकारीहरूले संदिग्धहरूको खोजी गरिरहेका छन् । तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । अधिकारीहरूले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण