भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु
बुधबार, २७ चैत २०८१, ०८ : ४६

वासिङ्टन डीसी । अमेरिकाको भर्जिनिया राज्यकोको स्पट्सिल्भेनिया काउन्टीमा मंगलबार साँझ भएको सामूहिक गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । यस घटनामा अरू तीन जना घाइते भएका छन् ।
घटना साँझ ५ः३० बजेतिर स्पट्सिल्भेनिया शेरिफको कार्यालयकी प्रवक्ता मेजर एलिजाबेथ स्कटका अनुसार वासिङ्टन, डीसीबाट लगभग १०५ किलोमिटर दक्षिणपश्चिममा रहेको स्पट्सिल्भेनिया काउन्टीको एक आवासीय परिसरमा भएको थियो । यस घटनाबारे छानबिन भइरहेको छ ।
अधिकारीहरूले संदिग्धहरूको खोजी गरिरहेका छन् । तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । अधिकारीहरूले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात
-
चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित
-
आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
-
दुर्घटनामा परेका पवनदीपको स्वास्थ्य अवस्था कस्तो छ ?
-
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा