अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीहरूलाई झट्का दिएको छ । यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा सुरु गरिएको सीबीपी वन एप नीति अन्तर्गत अमेरिका आएका थिए ।
ट्रम्प प्रशासनले यो नीति उल्टाएर ती आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ । उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न भनिएको छ । जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए ।
उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो । ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ ।
यो एपमार्फत अमेरिका छिरेका मानिसहरूलाई इमेल मार्फत अनुमति रद्द गरिएकोबारे सूचित गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् । तर कतिले त्यस्तो जानकारी पाएका छैनन् भनेर कुनै जानकारी दिइएको छैन । यी सबैलाई आफैँ अमेरिका छोड्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण