ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकामा आयात हुने औषधिमा पनि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए । उनको यो घोषणापछि भारतीय सेयर बजारमा फर्मास्युटिकल कम्पनीहरूको सेयर मूल्य ओरालो लागेका छन् ।
भारतीय औषधिका लागि अमेरिका सबैभन्दा ठुलो बजार हो । ट्रम्पले गत हप्ता विश्वभरका व्यापार साझेदारमाथि अतिरिक्त भन्सार महसुल घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर ट्रम्पको अडान परिवर्तन भएदेखि औषधि कम्पनीहरूको सेयर मूल्यमा दबाब सृजना भएको छ ।
बायोकन, लौरस ल्याब्स र लुपिन जस्ता औषधि कम्पनीहरूको सेयर मूल्यमा सबैभन्दा धेरै कमी आएका छन् । यी कम्पनीहरूको सेयर ३ प्रतिशतदेखि ५ प्रतिशत सम्म घटेका छन् । अन्य प्रमुख कम्पनीहरूमध्ये, सन फर्मास्युटिकल इन्डस्ट्रीज, सिप्ला र डा रेड्डीज ल्याबोरेटरीजको सेयर १ प्रतिशतदेखि २ प्रतिशतसम्म घटेको छ ।
औषधिमा कहिले र कति कर लगाउने भनेर ट्रम्पले अझै स्पष्ट पारेका छैनन् । यसबारे चाँडै नै घोषणा गर्ने उनको भनाइ थियो । बुधबार भारतीय फर्मा इन्डेक्समा सूचिकृत २० वटै कम्पनीको सेयर रातोमा छन् । भारतको बेञ्चमार्क सेयर परिसूचक निफ्टी ५० शून्य दशमलव ५९ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण