चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यसअघि पहिलो चरणका लागि घोषणा गरेका आन्दोलनका केही कार्यक्रम र कार्यतालिका संशोधन गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले बुधबार मातहतका पार्टी कमिटीलाई ‘जरुरी’ परिपत्र जारी गर्दै आन्दोलनका कार्यक्रम संशोधन गरिएको जनाएका हुन् ।
एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने नाराका साथ पहिलो चरणको आन्दोलन चैत १ गतेबाट वैशाख २२ सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसअन्तर्गत कतिपय कार्यक्रम भैसकेका छन् ।
महासचिव भुसालका अनुसार संशोधित आन्दोलनका कार्यक्रम अनुसार वैशाख १० गते सङ्घीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा प्रदेश र जिल्लाका मागपत्र बुझाउने र वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने रहेका छन् ।
यसअघि सो पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने रहेको थियो भने वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
त्यस्तै वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम राखेको थियो । सो पार्टीले वैशाख २५ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका भने यथावत् राखेको छ ।
पत्र-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण