गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चालू सातौं अधिवेसन अन्त्य गरेका हुन् ।
हिउँदे अधिवेसनमा १० वटा नयाँ विधेयक संसदमा ‘टेबुल’ भएको छ भने ६ वटा विधेयक पारित गरिएको छ । यही अधिवेसनबाट संसदको संशोधित नियमावली समेत पारित गरिएको छ ।
सातौं अधिवेसनमा संसदका १६ वटा बैठक बसेको छ । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्ने विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने विधेयक, सामयिक कर असुल गर्ने विधेयक, प्रदेश निजामती सेवा ऐनको संशोधन विधेयक, जीवनाशक विषादी व्यवस्थान विधेयक पारित गरिएको संसदका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
सरकारले औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, विद्युत विकास विधेयक, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने विधेयक, दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिहरुको अधिकार, खानी तथा खनिज विधेयक संसदमा पेस गरेको छ ।
यस्तै, भवन निर्माण तथा बस्ती विकास विधेयक, खाद्य अधिकार तथा खाद्य गुणस्तर विधेयक, जनस्वास्थ्य सेवा विधेयक र घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक समेत पेस गरिएको छ । संसदमा पेस भएका विधेयक सामान्य छलफलपछि सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको संसद सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण