युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
न्युयोर्क । युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएका छन् । युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए ।
उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसैगरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् ।
बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्रतिक्रिया योजनाले आवश्यक कोषको १७ प्रतिशत मात्र प्राप्त गरेको जनाइएको छ । रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी मिडियाले आफ्नो देशलाई जानाजानी शान्ति प्रयासलाई कमजोर पार्ने देशके रूपमा चित्रण गरिरहेको बताएका छन् ।
यसैबिच संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनकी स्थायी प्रतिनिधि क्रिस्टिना हायोभिशिनले आफ्नो देशमा भएको आक्रामक कार्यका लागि रूस जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले युद्ध अन्त्य गर्न छलफल मात्र नभए वास्तविक दबाब दिन आवाश्यक रहेकोसमेत बताए । हायोभिशिनले रूसले तत्काल ३० दिनको अन्तरिम युद्धविरामका लागि अमेरिकी प्रस्तावको जवाफ दिई युक्रेन विरुद्धको आक्रमक युद्ध समाप्त गर्नुपर्ने बताए ।
संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रतिनिधि डोरोथी सियाले आफ्नो देश न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । उनले रूस र युक्रेनसँगको द्विपक्षीय संलग्नतामा अमेरिकाले पूर्ण युद्धविरामको प्रस्ताव गरेको उल्लेख गरे ।
शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्धविराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउदै उनले पूर्ण रूपमा कार्यान्वयन गरियो भने जीवन रक्षा र जीविकोपार्जनमा सुधार हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण