बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
काठमाडौँ । फिल्म ‘कल्ली’ को यतिबेला जुम्लामा छायाङ्कन भइरहेको छ । छायाङ्कनकै समय फिल्मको रिलिज मिति आउँदो वर्षको कात्तिक २१ घोषणा गरिएको छ ।
निर्माण युनिटले वितरक काफिया फिल्मस् र कुबेर फिल्मस्सँगको सल्लाह अनुसार फिल्मको रिलिज मिति तय गरेको हो । फिल्म कात्तिक २१ गते रिलिज गर्ने तय भएको प्रस्तुतकर्ता किरण नेपालीले बताए ।
हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । कथा समेत निर्देशक सुनारकै रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण