स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन गरिरहेको बताएका छन् ।
बुधबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारणसभा एवं चेम्बर दिवसलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धनमा जोड दिएको बताए ।
उनले भने,“स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । स्वदेशी प्रवर्द्धन अभियान सञ्चालन गर्दै ‘नेपाली वस्तु, नेपालीको रोजाइ’ भन्ने नारालाई राष्ट्रिय अभियानका रूपमा अघि सारिएको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ लागू गरिएको छ ।”
उद्योग मेलाहरू, स्वदेशी उत्पादन प्रदर्शनीहरू र ई-कमर्स प्रवर्द्धन कार्यक्रममार्फत बजार पहुँच विस्तार गर्न सहयोग प्रदान गरिएको मन्त्री भण्डारीले उल्लेख गरे ।
उनले सरकारले स्वदेशी उत्पादनको गुणस्तर र नवप्रवर्तनमा जोड दिइरहेको जानकारी दिए । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई नवप्रवर्तन उद्यम संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन नवप्रवर्तन उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।
मन्त्रालयले सो शीर्षकमा कर्जाका लागि यस वर्ष रु एक अर्ब विनियोजन गरेको र कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राखेर तीन प्रतिशत ब्याजदरमा रु २५ लाखसम्म दिने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण