चार देशीय टी–२० क्रिकेट शृंखला
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
बिहीबार, २८ चैत २०८१, ०९ : १४

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले बिहीबार जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
कुशल २७ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ५१ रन बनाउँदै क्रिजमा छन् । नेपाली टोली कुवेतले दिएको एक सय ८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो ।
नेपालले नो ओभरको खेल सकिँदासम्म कुनै पनि विकेट नगुमाई ८८ रन बनाएको छ । अर्का ओपनर आसिफ शेख अविजित ३२ रन बनाउँदै क्रिजमा छन् । यसअघि नेपालले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कतारलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?