कुशलपछि आसिफ शेखको अर्धशतक
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाली टोलीका ब्याट्सम्यान कुशल आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले बिहीबार जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
आसिफ शेखले ३८ बलमा चार छक्का र दई चौकाको मद्दतले ५३ रन बनाएका हुन् । २३ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सातौँ अर्धशतक पनि हो ।
नेपाली टोली कुवेतले दिएको एक सय ८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो ।
नेपालले १६ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको छ । नेपाली टोलीका अर्का ओपनर कुशल भुर्तेल ८१ रन बनाउँदै आउट भए । कुशल मल्ल पनि चार रन बनाउँदै आउट भए । नेपालले १६औँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।
नेपाललाई जितका लागि २४ बलमा ४३ रन आवश्यक छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रिकेटमा छन् । दुबैले एक–एक रन बनाएका छन् । यसअघि नेपालले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कतारलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण