शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली

बिहीबार, २८ चैत २०८१, १० : ०७
बिहीबार, २८ चैत २०८१

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाउने योवना ९० दिनको लागि स्थगित गरेका छन् ।

उनको यस निर्णयपछि, बिहीबार एशिया–प्रशान्त क्षेत्रमा शेयर बजार हरियोमा शुरु भएको  थियो । जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको शेयर बजारमा सुरुवाती कारोबारमा वृद्धि देखिएको छ । जापानको निक्केई २२५ सूचकांक खुल्दा नै ८ प्रतिशत भन्दा बढीले बढेको थियो । 

यसैबीच, दक्षिण कोरियाको कोस्पी सूचकांक र अष्ट्रेलियाको एएसएक्स २०० मा पनि झन्डै ५ प्रतिशतको वृद्धिसहित कारोबार शुरु भयो । बिहिबारको कारोबारमा चीन र हङकङमा पनि शेयर बजार हरियोमै छन् ।

ट्रम्पले अधिकांश देशहरूमाथि लगाइएको अतिरिक्त भन्सार महसुल ९० दिनको रोक्का गर्ने घोषणा गरेपछि बुधबार अमेरिकी शेयर बजार उकालो लागेको थियो । यसैको प्रभावले अमेरिकी शेयर परिसूचक एसएन्डपी ५०० ९ दशमलव ५ प्रतिशतले बढेको थियो । 

नाष्डाकमा १२ दशमलव २ प्रतिशतको वृद्धि हुँदा दाउ जोन्स पनि ७ दशमलव ९ प्रतिशतले बढ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएका छन् । यसको साथै बाँकी विश्वबाट आउने सामानमा लगाइएको अतिरिक्त भन्सार महसुललाई भने ९० दिनसम्मका लागि रोक्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप