सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बक्सअफिस २०८१ :

यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म

बिहीबार, २८ चैत २०८१, १२ : ४०
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । नेपालमा बन्ने केही फिल्मले हजार दर्शकसमेत तान्न नसक्ने गरेको पाइएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०८१ को बक्सअफिस रिपोटमा करिब एक दर्जन फिल्मले एक हजार टिकट पनि बिक्री गर्न सकेका छैनन् ।

हजार दर्शक नपाउने फिल्ममा ‘ब्ल्याक छाँया’, ‘ईश्वर’, ‘शीरफूल’, ‘आँखा’, ‘फिरफिरे फिरिरि’, ‘अग्निदहन’, ‘एक्टर’, ‘ख्या वाना’, ‘गल्या वान’ र ‘११ः५५’ रहेका छन् । 

आरएल लामा मोक्तान निर्देशित ‘ब्ल्याक छाँया’को २९४ वटा टिकट मात्र बिक्री भएको छ । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को ७९९ र कमल एक्चै मगर निर्देशित फिल्म ‘शीरफूल’ ८९ टिकट बिक्री भएको छ ।

त्यस्तै, जौन योन्जन निर्देशित फिल्म ‘आँखा’को २६२, नवीन भट्टको निर्देशित ‘फिरफिरे फिरिरि’ ९१९, घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’को ६३३ टिकट बिक्री भएका छन् ।

यस्तै नाम विवादको कारण चर्चामा रहेको मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’, केशव पाण्डे निर्देशित ११ः५५,  जुनिक गहतराज निर्देशित ‘तान्डबम्’, फिल्म ‘ख्या वाना’ र ‘गल्या वाना’को टिकट बिक्री कमजोर छ ।

‘एक्टर’ १२१, ‘११ः५५’को ७७६,  ‘तान्डबम्’को ७६४ छ भने ‘ख्या वाना’ र ‘गल्या वाना’को क्रमस ७२ र ९२ वटा टिकट बिक्री भएको रेकर्ड छ ।

agnidahaan_0SshbonJXa_rcrmenuvem3wfs8azb7uwbbscomairqpjeiu2wskd6sfof57vxodagrfvhqd_C2SBmGWnHf_ismnkyuhxlobijy1sexv7htyyw0unkz4o6zoequ084j2rsbjxutxawbqyulxposter_oqmCFj7X8zsheerphool

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप