बिना अध्ययनका ११ हजार योजना राखिएकाले बजेट कार्यान्वयनमा समस्या : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् । यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।
पौडेलले सीमित स्रोतको अत्यधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे । उनले क्यालेन्डर बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए। संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।
त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारबाहीका कारण मुलुक ग्रे लिस्टमा पुगेको भन्दै यसबाट निस्कने सन्दर्भमा समयबद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिए ।
उनले ग्रे लिस्टबाट बाहिर निस्कन दुई वर्षको समय रहे पनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको जिकिर गरे । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ
-
कांग्रेस नेता महेश कोर्मोचाको निधन
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’